प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

गण्डकी- कास्कीको पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई चालक सहित चार जनाको आज सकुशल उद्धार गरिएको छ ।
कास्कीस्थित सशस्त्र प्रहरी बल नं २४ गणबाट फेवा उद्धार टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्धार गरेको हो ।
अवतरणका क्रममा अनियन्त्रित भई फेवातालका बीचमा खसेका अग्नि प्याराग्लाइडिङका पाइलट मिलन शाह र उक्त प्याराग्लाइडिङमा सवार भारतको बनारसका अकलेस यादवलाई सकुशल उद्धार गरिएको हो ।
यस्तै, हेप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी र भारतको बनारसका चन्दनकुमार पटेललाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नं २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए । मोटरबोटसहित खटिएका गोतखोर उद्धारमा खटेको उनको भनाइ छ ।

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा
_kZxSzDUYwh_bgyu8iucvhgxoqgl3bhyyupegps4ccsuazwmgowud80vtebllrpqerbuixwb_E28y82m8Hu_20bi4cuvqznrjzpt3dt6498v3oakudpyvbsyhcvh9n1w8xevfxatec23p3zd.jpg)
अकबरे खेती गरेका किसानलाई बजारको चिन्ता

बागलुङमा १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

भेडी गोठाला भन्छन्- सरकारले न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

आजदेखि आयो पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा आयो

प्रतिक्रिया