संसदको अवरोध हटाउने माओवादीको दुई बुँदे ड्राफ्ट : एमालेको सहमति, रास्वपाको असहमति !

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संसदको गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार गरेको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमतिका लागि माओवादीले दुई बुँदे सहमतिको ड्राफ्ट छलफलमा ल्याएको र त्यसमा आफुहरु सहमत रहेको बताएका हुन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले माओवादीको ड्राफ्टमा आफुहरूको सहमति रहेपनि रास्वपाको असहमति देखिएको उल्लेख गरे ।
रास्वपाले ल्याएको ड्राफ्टमा भने एमालेको असहमति रहेको उनले बताए । भट्टराईले प्रतिपक्षी दलले समान धारणा बनाउनका लागि समय माग गरेकाले बुधबारको सदन स्थगित गरेर बिहीबार तीन बजेका लागि बोलाइएको जिकिर गरे ।
उनले लामो समय संसद अवरुद्ध हुन नसक्ने भएकाले अव संसद नियमित कार्यसूचीमा प्रवेश गर्ने दावी गरे ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया