एमजीले नेपालमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

एमजी गाडीको नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । आधुनिक शहरी जीवनशैलीलाई मध्यनजर गरी डिजाइन गरिएको इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस छ ।
एमजीको बिको डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट क्षमता छ र बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस छ । ५०:५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, शहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउँछ ।
गाडीमा रियर पार्किङ क्यामेरा र शहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि अपग्रेड गरिएको छ । यसैगरी, फास्ट चार्जिङ साढे ३ घण्टामै शून्यबाट १०० प्रतिशत चार्ज हुन्छ । कमेट इभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेल साथ आउने लिथियम आएन ब्याट्री जडित छ, जसले एकपटक चार्ज गर्दा अराइ प्रमाणित २३० किलोमिटरसम्मको रेन्ज दिन्छ । आइपी ६७ रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ । र, ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ ।
कमेट इभीमा १०.२५ को डुअल स्क्रिनको सुविधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ । इभी ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटर र हाइ-भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी छ ।
एमजीका सेवा केन्द्र काठमाडौं (कुसुन्ती, सुकेधारा), भक्तपुर, विराटनगर, विर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगञ्ज, नेपालगञ्ज र धनगढीजस्ता नेपालका प्रमुख क्षेत्रमा उपलब्ध छन् । चार्जिङ स्टेसन काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केवरमा सञ्चालनमा छन् ।

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका ला…

आईएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स- २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवा…

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा ५० ब्रान्डको गाडी प्रदर्शनी हुँदै

अर्लि बर्ड अफर सहित साइमेक्स इन्क. द्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिला…

नाइमा आटो शोम लक्ष्मी ई–मोबिलिटीद्वारा ‘फोर्थिङ ईभी’ सार्वजनिक हुँदै

रिडारा आरडीसिक्स अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा आकर्षक सुविधासहित बजार…

नाइमा अटो शोमा याडियाको ‘भेल्याक्स सिरिज’ सार्वजनिक हुँदै, तीन मोडेल एकैसाथ…

प्रतिक्रिया