बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ- पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोल उनीविरुद्ध पक्राउ पुर्जी लिएको इकागजलाई जानकारी दिएको छ । पत्रकार पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानलमार्फत सामाग्री प्रसारण गरेका थिए । उनले प्रशारित सामाग्रीमा चित्त नबुझेको भन्दै साइबर ब्यूरोमा उजुरी गरेका थिए ।