बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

प्रचण्डले एकाबिहानै गरे तातोपानी कुण्डमा स्नान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् । पार्टीको पोखरा अधिवेशनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए ।

आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको  उनको सचिवालयले जनाएको छ ।