स्वर्गको टुक्रा गौरी टाप

काठमाडौँ - नेपालको पर्यटन मानचित्रमा जब सोलुखुम्बुको नाम आउँछ, तब अधिकांशको ध्यान सिधै सगरमाथातर्फ जान्छ । धेरैले खुम्बु क्षेत्र सम्झन्छन् । तर सगरमाथाकै काखमा रहेको गौरी टापको नाम धेरैका लागि नयाँ लाग्न सक्छ ।
विभिन्न प्रजातिका गुँरासले भरिएको जंगलले घेरिएको गौरी टाप सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सिमानामा पर्छ । शान्त प्राकृतिक वातावरणमा केही समय बिताउन, गुँरासलगायतका बोटको अध्ययन तथ अवालोकन गर्नुका साथै सगरमाथालाई आँखै अगाडि हेर्नका लागि यो सबैभन्दा उपयुक्त गन्तव्य हो ।
नेपालीका रुपमा सगरमाथा नजिकबाट हेर्ने रहर कसलाई पो हुँदैन र ? तर खुम्बु क्षेत्रसम्म पुग्न भने आर्थिक र मानसिक दुवै हिसाबले सहज छैन । खुम्बुसम्म पुग्न गाडीमा सम्भव छैन । हवाई यात्रा महंगो मात्रै होइन, सहजै पाइँदैन पनि । त्यसको विकल्पमा उभिएको ठाउँका रुपमा गौरी टापलाई लिन सकिन्छ ।
काठमाडौँबाट करिब २३० किलोमिटरको दूरीमा रहेको यो ठाउँमा चारपांंग्रे सवारीमै जान सकिन्छ । सवारीलाई गौरी टाप डाँडाको एक छेउ राखेर रातिभरी टेन्ट क्याम्पिङ गर्न वा दिनभरी बसेर फर्कन पनि सकिन्छ । समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको यो ठाउँ प्राकृतिक पर्यटनका लागि मात्रै होइन धार्मिक पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।
गौरी टाप सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला हिमाल हेर्नका लागि मात्रै होइन, धार्मिक आस्थाले पनि विशेष छ । जनकपुरधाम, गोसाइँकुण्ड, मुक्तिनाथजस्तै गौरी टाप पनि एक ऐतिहासिक र धार्मिक तीर्थ हो । जनविश्वास अनुसार सत्ययुगमा देवी पार्वती (गौरी)ले यहाँ कठोर तपस्या गरेकी थिइन् । साथै यस तपोभूमिमा एक गाई (गौरीगाई) दूध दिँदै गर्दा बाघले आक्रमण गरेको र आक्रमणको क्रममा गाईको खुर ढुंगामा छाप परेपछि त्यही ढुंगा ‘गौरीटाप’ (गौरीको टाप अर्थात् खुर) नामले प्रसिद्ध भएको विश्वास छ । यस ठाउँमा आज गौरीगाईको मन्दिर, गौरीशंकर–गणेश मन्दिर र शिव पञ्चायन मन्दिर छन् ।
गौरी टापको अर्को अनुपम पक्ष हो, सगरमाथालगायत विश्वकै अग्ला हिमालहरूको नजिकबाट हुने दृश्यावलोकन । मौसम खुलेको बेला यहाँबाट सगरमाथा, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजंघालगायतका हिमाल हेर्न सकिन्छ ।
गौरी टाप वरिपरि रहेको गुँरासको घना जंगल छ । यहाँ २५ भन्दा बढी प्रजातिका गुँरास पाइन्छन् । जसले वसन्त ऋतुमा सम्पूर्ण डाँडाकाँडा रङ्गीचङ्गी बनाउँछ । त्यससँगै यो क्षेत्र चराचुरुङ्गी, बनस्पति र वन्यजन्तु अध्ययनका लागि पनि आदर्श हो । यस्ता जैविक विविधताले गौरीटापलाई पर्यटनका लागि उपयुक्त गन्तव्य बनाएको छ । त्यसैले यस ठाउँलाई स्वर्गको टुक्रा भन्दा फरक पर्दैन ।
गौरी टापको प्रचारप्रचार तथा प्रवर्द्धनका लागि केही समय अघि स्पार्क कारले तेस्रो संस्करणको स्पार्क एड्भेञ्चर पनि आयोजना गरेको थियो । ‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना भएको उक्त कार्यक्रममा अभिनेता राजेश हमाल, क्याप्टेन विजय लामा, आनिछोइङ डोल्मा, हास्यकलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्र, बिबिसी मास्टरसेफ सन्तोष शाह, चलचित्र निर्देशक रामबाबु गुरुङ, मीन भाम, नाट्यकर्मी अनुप बराल, कवि विप्लव प्रतीक, अमन प्रताप अधिकारीका साथै आस्था राउत, सुनिता दुलाल, मंगोलियन हर्टका राजु लामालगायत दुई सयभन्दा बढीको सहभागिता थियो ।
दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको बताइएको छ।
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_LQocYzUaTu_muoxrka2gh9ydycd49letxp428awu1ch0efhhp1uvjhoftfxfiwbfhsl1axb.jpg)
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ

काठमाडौंको रिंगरोड नजिक नेपालमै पहिलो पटक ‘रोलर कोष्टर’

‘अन्तर्राष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण सुरू

प्रतिक्रिया