बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो। 

मधेस प्रदेश सरकारले गएको चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचनामा आज कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो।