आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

कैलालीका १८ स्थानमा जलमापन केन्द्र

कौरा संरक्षण गर्न प्रतियोगिता

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

बाढीले दुम्किवासमा ‘डाइभर्सन’ बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

तुलाले आँटेको काममा सफलता पाउने, कुम्भलाई नयाँ कामको थालनी गर्ने मौका

दिलभूषण पाठकलाई खोज्दै घरमा पुग्यो प्रहरी

प्रतिक्रिया