आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु

पाँचथर - आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीननाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् ।
बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका छन् । उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो ।
उनीसँगै घाइते भएकी उनकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो । दीननाथका बाबु भगीरथ सापकोटाको जेठ २४ गते मृत्यु भएको थियो ।
भगीरथको मृत्युपछि काजकिरियाको सुरुआत गरेकै दिन राति आगलागी हुँदा किरियामा बसेका तीन जना घाइते भएका थिए । घाइतेमध्ये मृतक दीननाथका भाई मदन भने निको भइसकेको बताइएको छ । आगलागीमा घाइते तीनै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो । रासस

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिक्रिया