बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुरथिमी नगरपालिका (६ चपाचो बस्ने ४४ वर्षीय श्याम कुस्लेलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८० जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा ६ महिना कैद सजाय र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुरथिमी नगरपालिका–६ चपाचोबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।