बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न, प्रिन्स पटेल विजयी

शनिबार बिरगञ्जको बौहरवा भाटीमा “माइलेज च्याम्पियन २०२५“ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ । रिशव इम्पेक्सको आयोजनामा सम्पन्न भएको हो उक्त कार्यक्रममा ७० जना प्रतिस्पर्धीले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रम अवधिभर करिब ४०० भन्दा बढी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त माइलेज प्रतियोगिता सवारी साधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रतिस्पर्धामा सहभागीहरूलाई एक लिटर पेट्रोल उपलब्ध गराई, त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको थियो ।

प्रतियोगितामा विजेता बनेका प्रिन्स पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका थिए । यस्तै, उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने संजित कुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै दोस्रो उपविजेता बन्न सफल भए ।

रिशव इम्पेक्सका प्रतिनिधिका अनुसार, “यस किसिमका कार्यक्रमहरूले उपभोक्ताहरूमा इन्धन दक्षता, स्मार्ट र दिगो सवारी प्रयोगका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्नुका साथै ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँछन् ।”

रिशव इम्पेक्सले सहभागी, दर्शक, आयोजक टोली तथा सहकार्यकर्ता सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ परिस्कृत तथा प्रभावकारी कार्यक्रमहरूको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका ला…

आईएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स- २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’द्वारा सम्मानित

आईएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स- २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवा…

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा ५० ब्रान्डको गाडी प्रदर्शनी हुँदै

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा ५० ब्रान्डको गाडी प्रदर्शनी हुँदै

अर्लि बर्ड अफर सहित साइमेक्स इन्क. द्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिलायन सेभेन सार्वजनिक

अर्लि बर्ड अफर सहित साइमेक्स इन्क. द्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिला…

नाइमा आटो शोम लक्ष्मी ई–मोबिलिटीद्वारा ‘फोर्थिङ ईभी’ सार्वजनिक हुँदै

नाइमा आटो शोम लक्ष्मी ई–मोबिलिटीद्वारा ‘फोर्थिङ ईभी’ सार्वजनिक हुँदै

रिडारा आरडीसिक्स अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा आकर्षक सुविधासहित बजारमा उपलब्ध

रिडारा आरडीसिक्स अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा आकर्षक सुविधासहित बजार…

नाइमा अटो शोमा याडियाको ‘भेल्याक्स सिरिज’ सार्वजनिक हुँदै, तीन मोडेल एकैसाथ नेपाली बजारमा प्रवेश

नाइमा अटो शोमा याडियाको ‘भेल्याक्स सिरिज’ सार्वजनिक हुँदै, तीन मोडेल एकैसाथ…

बीवाईडीले उत्पादन ग-यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

बीवाईडीले उत्पादन ग-यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो …