सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

संसदमा प्रतिपक्षीकाे अवरोध कायमै, आधा घन्टाका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आज पनि चल्न सकेन् । सभामुख देवराज घिमिरेले संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले अबरोध गरेका थिए ।

सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् ।

आज पनि बैठक सुचारू गरे लगत्तै अवरोध भए पछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्। प्रतिनिधिसभा बैठक गत जेठ १३ गते देखी निरन्तर अबरोध भइरहेको  छ।