सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

प्रतिनिधिसभा बैठक बस्दै, खुल्ला त संसद ?


काठमाडौं-  आज प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद, नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो २ः०० बजेवाट बस्नेछ ।  संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरे पछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो । हिजो दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भए पनि प्रतिपक्षी दलहरूले अवरोध गरे पछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले दुई हप्ता देखी निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।