आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न

नेपालकै एक मात्र आइबी कन्टिन्युम स्कूल प्रिमियर इन्टरनेशनल स्कूलले आइबीडीपि र एनइबी अन्तर्गत अध्ययन पूरा गरेका ७३ जना दीक्षित विद्यार्थीहरूलाई एक भव्य दीक्षान्त समारोहमार्फत सम्मानपूर्वक विदाई गरेको छ।

समारोहमा —४१ जना एनइबी र ३२ जना आइबीडीपि बाट दिक्षित भएका हुन् ।

समारोहका मुख्य अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले दीक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै प्रिमियर स्कूलको शैक्षिक अग्रसरताको खुलेर प्रशंसा गरे । उनले भने, “ललितपुर शिक्षाको केन्द्र हो र प्रिमियरजस्तो विद्यालय यो पहिचानको नेतृत्व गरिरहेको छ। प्रिमियर ललितपुर मात्र होइन, सिङ्गो देशकै उत्कृष्ट विद्यालयहरूमध्ये एक हो।” उनले थप गरे, “यो विद्यालय शिक्षामा अग्रणी छ र विश्वस्तरीय गुणस्तर प्रदान गर्ने क्षेत्रमा सधैं अगाडि छ।” उनको सम्बोधनले समारोहमा थप गरिमा थप्यो।

कार्यक्रमको विशेष आकर्षण मुख्य अतिथि चिरिबाबु महर्जनद्वारा प्रदान गरिएका शैक्षिक सम्मानहरू थिए। एनइबीकी अयुष्मा राजभण्डारी र आइबीडीपिका शुभम बजगाईंलाई स्यालुटेटोरियनको सम्मान प्रदान गरियो । भने आइबीडीपिकी आश्नी रुंगटा र एनइबीका प्रबिग्य पुरुष ढकाललाई भ्यालेडिक्टोरियन को उपाधिले विभूषित गरियो। उनीहरूले मन्तव्य मार्फत आफ्ना शैक्षिक अनुभव, आभार तथा भविष्यका आकांक्षाहरू भावनात्मक रूपमा प्रस्तुत गरे।

समारोहको सुरुवात विद्यालयकी संस्थापक निर्देशक पवित्रा लिम्बूको प्रेरणादायी स्वागत मन्तव्यबाट भएको थियो। उनले भनिन्, “हामीले ती नानीहरूलाई उत्सुक र जिज्ञासु सिक्ने यात्राका रूपमा अभिभावकबाट लिएका थियौँ, आज ती नै बालबालिका जिम्मेवार, संवेदनशील र सक्षम युवा बनेर तपाईंको काखमा फर्काइरहेका छौं।” उनले अभिभावकप्रति आभार व्यक्त गर्दै दीक्षित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना दिइन् ।

कार्यक्रममा शिक्षा तथा युवा नेतृत्वसँग सम्बन्धित विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।