आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिक पुगेको बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरहेको र सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिक पुगेको बताएका हुन् ।

उनले सोमबार संसद बैठक अघि निरन्तर छलफल हुने र दिउँसो २ बजे बस्ने बैठक सहज रुपमा सञ्चालन हुने गरि आइतबारको छलफल टुङ्गीएको उल्लेख गरे । बर्तौलाले राज्यको निकायमा हुने गरेका भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्न सरकारले प्रतिवद्धता जनाउने गरि छलफल अघि बढेको धारणा राखे ।

उनले दलहरुबीच समझदारीको कुनै ड्राफ्ट भने अहिलेसम्म नबनेको उल्लेख गरे ।