पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

वीरगञ्ज (पर्सा)- कार दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । वीरगञ्ज महानगर–१४ पिपरा रेनुका पेट्रोल पम्प नजिक गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बिआर ५५ बि ९१०४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा भारतको बेतिया नरकटियागञ्ज स्थायी घर भएका ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक सुवास भट्टले दुर्घटनामा चारै जना घाइते भएकामा उपचारका लागि एलएस न्यूरो अस्पताल बारा पठाइएको र एकको मृत्यु भएको जानकारी दिए ।
कार चालक गणेश सर्राफसहित त्यसमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया