नेताहरूको योगदानको प्रचार-प्रसार गरौः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् । शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेताहरुको योगदानका बारेमा कितावहरुमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका हुन् ।
राधेश्याम जोन्छे जुझारु नेताको रुपमा परिचित रहेको उनले स्मरण गरे । उनले नेताहरुको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गरे ।
त्यस्तै कांग्रेस नेता बिमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले संसदलाई अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रुपमा सदन चल्ने वातावरण बनाउन माओवादीलाई आग्रह गरे । भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उनले बताए । त्यस्तै निधिले नेपालमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको धारणा राखे ।

प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार

सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले प्रयास गरेः प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

प्रतिक्रिया