मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन : ट्रम्प

वासिंगटन डिसी- अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख एलन मस्कबीचको शब्दयुद्ध चर्किएको छ ।
शनिबार मस्कले नरम ब्यवहार देखाए पनि ट्रम्पले मस्कलाई गम्भीर परिणाम भोग्ने चेतावनी दिएका छन् ।
वास्तवमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मस्कसँगको टकरावमा पछि हटेको देखिँदैन। उनले शनिबार मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा नरहेको स्पष्ट पारेका छन् । यति मात्र होइन, ट्रम्पले मस्कले आगामी चुनावमा डेमोक्र्याटलाई सहयोग गर्ने प्रयास गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिइरहेका छन् ।
हालै ट्रम्पले एनबीसीका क्रिस्टन वेल्करसँगको फोन अन्तर्वार्तामा मस्कसँगको सम्बन्ध सुधार्ने आफ्नो कुनै मनसाय नभएको बताए । जब उनले टेस्ला र स्पेस एक्सका सीईओसँगको आफ्नो सम्बन्ध समाप्त भएको महसुस गरेको हो भनेर विशेष रूपमा सोध्दा ट्रम्पले जवाफ दिए, ‘हो, मलाई त्यस्तै लाग्छ।’
अमेरिकी राष्ट्रपतिले भने, ‘म अन्य काममा निकै व्यस्त छु । तपाईलाई थाहा छ, मैले ठूलो बहुमतले चुनाव जितेको छु। मैले उनीहरूलाई धेरै मौका दिएँ, यो हुनुभन्दा धेरै अघि मैले मेरो पहिलो प्रशासनमा उनीहरूलाई मौका दिएँ। मेरो पहिलो प्रशासनमा उनको जीवनमा धेरै उपलब्धी भयो तर मेरो उनीसँग कुरा गर्ने अब कुनै मनसाय छैन्।’
मस्कले सन् २०२६ को मध्यावधि चुनावमा डेमोक्र्याटिक सांसद र उम्मेदवारहरूलाई समर्थन गर्न सक्ने छलफलको बीचमा ट्रम्पले चेतावनी पनि दिएका थिए। ट्रम्पले एनबीसीलाई भने, ‘यदि उनले यस्तो गरे भने उनले गम्भीर परिणाम भोग्नुपर्नेछ।’
खासमा टेस्लाका सीईओ मस्कले राष्ट्रपति ट्रम्पको बिग ब्यूटीफुल बिलमा बोलेपछि यी दुईबीच विवाद चलिरहेको छ । मस्कले ट्रम्प विधेयकको आलोचना गरेका थिए र यसले संघीय घाटा बढाउने डर व्यक्त गरेका थिए। यसबाहेक मस्कले ट्रम्प प्रशासनमा सल्लाहकारको पद पनि छोडेका थिए।
यसपछि ट्रम्पले मस्कलाई निशाना बनाएका थिए । उनले भनेका थिए कि, ‘विश्वकै धनी व्यक्ति मस्क अझै पनि ह्वाइट हाउसको सम्झनाले सताइरहेको छ।’
यसबारे मस्कले जवाफ दिँदै भने, ‘मैले ट्रम्पलाई समर्थन नगरेको भए चुनाव हार्ने थिएँ, त म थिएँ र उनले जीत हासिल गरे ।’ अमेरिकी चुनावका बेला मस्कले ट्रम्पलाई खुलेर नै समर्थन गरेका थिए, जसबाट ट्रम्पलाई निकै फाइदा भएको थियो।

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_B13VGlilL0_ewxqpedqjlp1xl0izzoygvukycz6vinke3xineimjrcij3rq3notiwxkwluy.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया