सेकुङ र भुतर्छो तालमा दश हजार माछाका भुरा छाडियो

मुस्ताङ- मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल र भुतर्छो तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मुस्ताङका पूर्वसङ्घीय सांसद प्रेमप्रसाद तुलाचनको सहयोगमा थासाङस्थित नाकुम संरक्षण व्यवस्थापन समिति (सिएमसी)ले आज यहाँका दुर्व तालमा कमनकार्प जातका माछाका भुरा छाडिएका हुन् ।
पूर्वसांसद तुलाचनको उपस्थितिमा थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचन र नाकुम संरक्षण व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले माछाका भुरा छाडेका सिएमसीका सदस्य मनप्रसाद गौचनले जानकारी दिए ।
समुन्द्री सतहदेखि करिब तीन हजार उचाइमा अवस्थित सेकुङ र भुतर्छो तालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माछाका भुरा छाडिएको वडा सिएमसी सदस्य गोविन्द शेरचनले जानकारी दिए ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम मुख्य राजमार्ग सडकबाट पश्चिमतर्फ उकालोबाट सवारीसाधनमार्फत १५ मिनेटमा पुग्न सकिने यी ताल धार्मिक तथा सांस्कृतिक महत्व भएर पनि ओझेलमा छन् ।
_AZ2TcUmxdC_xoaqv63x2vhelgdcqqso3curgobxt3dwmylkphgo6yylpvnwayboni2yanzg_DmOpS5jI6z_bkasahtkuxqiezwntyvhb5xibriownmjmfl5w0w1htjcwsessb2izugf7viv.jpg)
पर्वतमा चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

तनहुँमा दुई जना मृत फेला

प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा
_kZxSzDUYwh_bgyu8iucvhgxoqgl3bhyyupegps4ccsuazwmgowud80vtebllrpqerbuixwb_bMbUEGqZzg_9k2kntjfzlkrhpo5digipaveesskqvqbdfoigzlcp4kyadtor7wrwrulb6ao.jpg)
अकबरे खेती गरेका किसानलाई बजारको चिन्ता

बागलुङमा १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

प्रतिक्रिया