कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राप्त गरेको हो ।
शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई प्रोत्साहन गर्दै हलेसी तुवाचुङ नगरपालिकालाई कोशी प्रदेशको पान उत्कृष्ट पुरस्कार–२०८२ प्रदान गरिएको प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमले बताए । प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छनोट समितिले २५ ओटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गरेर हलेसी तुवाचुङलाई कोशी प्रदेशकै उत्कृष्ट नगरपालिका ठहर गर्दै पुरस्करका लागि सिफारिस गरेको थियो ।
संस्थाको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा हलेसी तुवाचुङ नगरपालिकालाई पुरस्कृत गरिएको हो । ‘नेतृत्वका नयाँ परिभाषा : विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाइ’ भन्ने मुल नारामा आयोजित सम्मेलनमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नगर प्रमुख विमला राईलाई दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेका हुन् ।
देशभरका शिक्षाविद्, शैक्षिक क्षेत्र सुधारका नीति निर्माता, प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकलगायत एक हजारभन्दा बढीको सहभागिता रहेको सम्मेलनमा गाउँपालिकातर्फ कोशी प्रदेशमा ईलामको रोङ गाउँपालिका पुरस्कृत भएको छ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालको छनोटमा उत्कृष्ट नगरपालिका चयन भएर पुरस्कृत ग्रहण गर्न पाउँदा थप हौसला मिलेको नगरप्रमुख राईले बताए ।
शैक्षिक क्षेत्रको सुधार अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा विद्यालय सञ्चालनमा रहेका छन् । सामुदायिक विद्यालयहरूमा पछिल्लो तीन वर्षमा भौतिक पूर्वाधार विकास, शिक्षक दरबन्दी व्यवस्थापन, प्रसुति सट्टा शिक्षक, प्राविधिक तथा प्रविधियुक्त शैक्षिक कार्यक्रम विस्तार लगायतका काम भएका छन् ।
नगरपालिकाका विभिन्न विद्यालयमा गरी २६ वटा आरसिसी भवन निर्माण भएका छन् भने, २८ वटा सामुदायिक विद्यालयको भवन मर्मत गरिएको जनाइएको छ । कक्षाकोठा व्यवस्थापन, प्रयोगात्मक र व्यवहारिक सिकाइ केन्द्रको स्थापना, पुस्तकालय व्यवस्थापन, बालबालिकामैत्री संरचना निर्माण, खानेपानी र शौचालय व्यवस्थापन, बालमैत्री शिक्षण पद्धति अवलम्बन, शिक्षक तालिम, नियमित विद्यालय अनुगमन जस्ता विषयमा नगरपालिकाले सक्रियतापूर्वक कार्यसम्पादन गरिरहेको छ ।
महिलाले नेतृत्व गरेको हलेसी तुवाचुङ नगरपालिकामा दिवाखाजा, छात्रवृत्तिजस्ता शैक्षिक गुणस्तर सुरधारका कार्यक्रम प्रभावकारीरूपमा अगाडि बढाइएको छ । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेसँगै शैक्षिक उपलब्धिमा समेत उल्लेख्य सुधार आएको अभिभावकहरूले बताएका छन् ।
सुशासन र शैक्षिक विकासमा हलेसी तुवाचुङ नगरपालिकाले छोटो समयमै जिल्लामा फड्को मारेको छ । महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार हलेसी तुवाचुङ नगरपालिकाको बेरूजु फछ्र्योट शून्य दशमलव १५ प्रतिशत मात्रै देखिएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका बेरूजु फछ्र्योट गर्नेमा जिल्ला प्रथम भएको छ भने, प्रदेशमा तेस्रो तथा देशभरका ७५३ स्थानीय तहमध्ये दशौँ स्थानमा आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ऐसेलुखर्क गाउँपालिका दोस्रो तथा रावाबेँसी गाउँपालिका तेस्रो भएका छन् ।

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’
_XUY13WTNDr_3ilo34xesd6taanmvwjcfbd0yddlbpzgawsevtu39pqtqozldlstzupd9dza_SpZiW2mLUv_iawe9p4oklzw8benam2ph96rlcn9cie57elmbkoqoa1a1bfnuslfbo3i4afn.jpeg)
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_GgX6jDiNfm_jnf7nz3trha8lbvlhbrp8k9utgy4j3dmewnknv3u8roq6xdzsi5r5v4wxgp0_KsZHMOC7wG_wgbd4wi6hpvlskruhdwpg9oqqub5j9kugcbx86tnpkkkkqxuauwmk4ja0tky.jpg)
सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

प्रतिक्रिया