शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

वाइसीएलका अध्यक्षमा पुष्प ओली

काठमाडौँ-  नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यस्तै महासचिवमा गणेश शाही दोहोरिएका छन् । 

दाङका ओली यसअघि उपमहासचिव तथा  तथा प्रचार विभाग प्रमुख रहेका थिए ।

अध्यक्षका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकांक्षी थिए । अन्तिममा आएर ओलीको नाममा सहमति जुटेको हो ।

आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो ।