पश्चिम नवलपरासीमा रोपाइँ सुरु

नवलपरासी- मनसुन सक्रिय बनेसँगै पश्चिम नवलपरासीमा जेठको दोस्रो सातादेखि धान रोपाइँ सुरु भएको छ । गत वर्ष नहरमा पानी नआउँदा, ढिला वर्षा हुँदा समयमा धान रोप्न नपाएका कृषकले यस वर्ष जेठको दोस्रो सातादेखि रोपाइँ सुरु गरेका कृषि ज्ञान केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताउनुभयो । उहाँका अनुसार रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिकाभित्रका कृषकले रोपाइँ सुरु गरेका छन् ।
यस वर्ष समयमा मनसुन भित्रिएसँगै नहरमा पानी आएपछि ढिलो रोपाइँ मजदुर नपाउने समस्या हुने भन्दै जेठमै रोप्न सुरु गरिएको पाल्हीनन्दन–४ का रामसिंह कुर्मीले बताए । नवलपरासीमा २० हजार चार सय ८० हेक्टर क्षेत्रफलमा किसानले बर्खे धान रोपाइँ गरिरहेका केन्द्रका प्रमुख डा चौबेले जानकारी दिनुभयो । उहाँका अनुसार खाल्टो खेतमा साभा, गोल्डेन र समथर खेतमा हर्दिनाथ, गोरखनाथ, सम्पुर्ना, शारदा, देवी, प्रशन्ना, हाईब्रिडलगायत जातका धान लगाउने गरिएको छ ।
गत वर्षको तथ्याङ्कअनुसार जिल्लामा ९१ हजार चार सय ७१ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमाशङ्कर पौडेलले जानकारी दिए । धान खेती हुनेमध्ये ७७ प्रतिशत क्षेत्रमा सिँचाइको प्रबन्ध रहेकाले उत्पादन प्रशस्त हुने गरेको उनको भनाइ छ ।
“रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिकामा बढी मात्रामा धानखेती हुन्छ । प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका धानभन्दा केरा, बदाम उत्पादन हुने क्षेत्र हुन्”, उनले भने ।

बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला

कृषि उत्पादन, उद्यमशीलता, बाँझो जमिनको उपयोगबारे श्रम मन्त्रालय र कनेक्ट किसान…

पर्वतमा जेठदखि नै धान र कोदो रोपाइँ

किसानलाई सहुलियतमा धानको बीउ

कृषिमा डिजिटल हस्तक्षेप : ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको …

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

प्रतिक्रिया