चिनियाँ भाषा प्रशिक्षणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको चिनियाँ भाषा प्रशिक्षणको सातौँ ब्याचको आज उद्घाटन गर्दै उहाँले चिनियाँ भाषा प्रशिक्षणले भाषिक ज्ञानले नेपाल–चीन सम्बन्धमा सेतुको काम गर्नुका साथै पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताए ।
पर्यटन पेसाकर्मी तथा व्यवसायीहरूलाई लक्षित गर्दै पर्यटन बोर्डमा चिनियाँ भाषा प्रशिक्षण आयोजना गरिएको हो । पर्यटनमन्त्री पाण्डेले भन्नुभयो, “भाषिक दक्षता हुनु भनेको जीवनको सम्पत्ति हो । चिनियाँ भाषाको ज्ञानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।”
उनले भाषा केवल सञ्चारको माध्यम मात्र नभई सभ्यता, इतिहास र दर्शनको संवाहक पनि भएको बताए । चिनियाँ भाषा सिक्नेहरू सांस्कृतिक दूतका रूपमा काम गर्नसक्ने उनको भनाइ छ । उनले भने , “चिनियाँ भाषाको अनुवादक हुनु भनेको सीपयुक्त जनशक्ति निर्माण गर्नु हो । यसले पर्यटन विकासमा सहयोग पुग्छ र स्वरोजगार सिर्जना गर्न मद्दत गर्छ ।”
सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले भाषा प्रशिक्षण कार्यक्रम नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको जानकारी दिए । उनले भने , “नेपाल आएदेखि म तेस्रो पटक भाषा प्रशिक्षणको उद्घाटनमा सहभागी भएको छु । नेपाल आउने चिनियाँ पर्यटकहरू आफ्नै भाषामा संवाद गर्न चाहन्छन्, त्यसैले यस कार्यक्रमले पर्यटन सेवाको गुणस्तर वृद्धि गर्नेछ ।”
राजदूत सोङले चिनियाँ भाषा पर्यटन बजारको ढोका खोल्ने सुनौलो अवसर भएको उल्लेख गर्दै चिनियाँ पर्यटकहरू केवल सामान खरिद गर्न मात्र नभई स्थानीय संस्कृति बुझ्न र भाषिक पहुँच चाहने भएकाले चिनियाँ भाषामा दक्ष जनशक्ति आवश्यक भएको धारणा राखे । उनले भने, “चिनियाँ भाषाको ज्ञानले पर्यटकहरूलाई नेपालको ऐतिहासिकता बुझाउन सहयोग गर्छ र सेवाको दीर्घकालीन गुणस्तर उकास्न सघाउँछ ।”
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले भाषा तालिम कार्यक्रम नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने पहल भएको बताए । उनले तालिमले पर्यटन पेसाकर्मीहरूको सीप र क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
नेपालमा सन् २०१६ देखि सुरु भएको चिनियाँ भाषा प्रशिक्षण कार्यक्रममार्फत हालसम्म २४० पर्यटन पेसाकर्मीहरूले प्रशिक्षण प्राप्त गरिसकेका छन् । यो कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गरिएका सहमतिअनुसार सञ्चालन भइरहेको छ ।
---

वाइसीएलका अध्यक्षमा पुष्प ओली

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

प्रतिक्रिया