शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुबा ५० वर्षीय जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका–२ अवरैया बस्ने २७ वर्षीय हेमराज थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेमराजले कोदालो प्रहार गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय  सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।