अख्तियारको निर्णयविरुद्ध एकीकृत समाजवादी कानुनी उपचारमा जाने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी बैठकले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अदालतमा दायर भएको मुद्दाको कानुनी उपचारमा जाने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बिहीबार बसेको पदाधिकारीको बैठकले पतञ्जली जग्गा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले आयोगको निर्णयप्रति असहमति जनाउँदै सत्यको पक्षमा दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको हो ।
विगतदेखि नै आफू नेतृत्वको पार्टीलाई कमजोर बनाउन तथा नेताहरूमाथि राजनीतिक प्रतिशोधका प्रयास हुँदै आएकाले निर्णयप्रति नआत्तिन बैठकले आम कार्यकर्ता एवं समर्थकलाई आग्रह गरेको छ ।
उक्त मुद्दा षड्यन्त्रपूर्ण भएको आरोप लगाउँदै बैठकले कानुनी उपचारमार्फत सत्य उजागर गर्ने र पार्टीपङ्क्तिलाई एकढिक्का रहन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित अन्यलाई दोषी ठहर गर्दै रु १८ करोडमाथिको बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसैबीच पार्टीले कानुनी उपचारका लागि अधिवक्ता तथा कानुनविद्लगायतसँग परामर्श गरेको छ ।

वाइसीएलका अध्यक्षमा पुष्प ओली

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

प्रतिक्रिया