शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

महेन्द्रनगर (धनुषा)-  मधेस प्रदेश सरकारका विकास योजनामा भएको अनियमितता छानबिन गर्न मधेस प्रदेशसभाले संसदीय छानबिन विशेष समिति गठन गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागितामा विशेष समिति गठन गरेको हो । 

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले छानबिन समितिमा प्रदेशसभा सदस्यहरु केशव राय, कुमारकान्त झा, किरणकुमारी साह, शम्भुकुमार साह, रहबर अन्सारी, रविता प्रधान, कनिष पटेल, उर्मिला देवी सिंह, कञ्चन विच्छा र विमला अन्सारी रहेको घोषणा गरे ।

प्रतिपक्षी दलहरुले चालु आर्थिक वर्षका योजनामा मधेस सरकारले अनियमितता गरेको आरोप लगाउँदै आएका छन् । 
---