माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्तिः सचेतक बर्तौला

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्यका लागि प्रतिपक्षी दल जिम्मेवार बन्न नसकेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले बिहीबार संसदको गतिरोध अन्त्य हुने र गृहमन्त्रीले बोल्न पाउने विश्वास सत्तापक्षको रहेपछि प्रतिपक्षी दल जिम्मेवार बन्न नसक्दा संसद अवरुद्ध हुन पुगेको बताएका हुन् ।
उनले शुक्रबार १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको अवस्थामा सहज रुपमा सदन चल्न विपक्षीले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । बजेटका विषयमा सदनमा छलफल हुन नदिने कुरा गलत बिषय भएको भन्दै उहाले यसलाई प्रतिपक्षीले बुझ्न जरुरी रहेको उल्लेख गरे।
त्यस्तै उनले पतञ्जली जग्गा हिनामिना प्रकरणमा केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको माधव नेपालको टिप्पणीप्रति आपत्ति जनाए । उनले माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्ति भएको बताए ।
उनले संवैधानिक आयोगहरूले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नहुने धारणा राखे।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

प्रतिक्रिया