ओली सत्ताबाट बाहिरिएपछि जसपाको ठाकुर समूहमा पहिरो
यादव समूहमा पुगे ६ जना

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहमा पहिरो गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि ठाकुर समूह छोडेर ६ सांसद संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहमा पुगेका छन् ।
पार्टी कार्यालय बालकुमारीमा बसिरहेको संसदीय दल बैठकमा यसअघि ठाकुर समूहमा खुलेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र रुही नाज सहभागी भएका छन् । भने सांसदद्वय राजकिशोर यादव र नरमाया ढकालले आउन सहमति जनाएका एक सदस्यले बताए । ‘आज घरायसी काममा रहेकाले दलको बैठकमा सहभागी हुन नपाएको र आगामी बैठकमा आउने प्रतिबद्धता जनाउनु भएको छ,’ ती सदस्यले इकागजसँग भने ।
३२ सदस्यीय संसदीय दलमा यसअघि ठाकुर समूहमा २० र यादव समूहमा १२ सांसद थिए । आजको बैठकमा चार जना सहभागी भएका र दुई जनाले प्रतिबद्धता जनाएकाले यादव समूहमा १८ जना पुगेका छन् भने ठाकुर समूहमा सांसद संख्या घटेर १४ जनामा आइपुगेको छ ।
यसअघि यादव समूहमा यादव, डा. भट्टराईसहित राजेन्द्र श्रेष्ठ, रेणु यादव इस्तेह्याक राई, प्रदीप यादव, रामबाबु यादव, रामसहाय यादव, डा. सूर्यनारायण यादव, डा. सुरेन्द्र यादव, लिला सिटौला र महेन्द्र राय यादव थिए ।
दलको बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनका विषयमा छलफल भइरहेको छ । त्यस्तै सरकारमा जाने निर्णय गर्ने र सरकारमा जाने मन्त्रीहरुको अनुमोदन गर्ने विषयमा पनि छलफल भइरहेको ती सदस्यले बताए ।
अहिलेसम्म जसपाले संसदीय दलको नेता चयन गर्न सकेको थिएन । यसअघि ठाकुर समूहले एकलौटी रूपमा नेता महतोलाई संसदीय दलको नेता बनाएको थियो । त्यो निर्णयलाई यादव समूहले स्वीकार गरेको छैन । जसपाका ३४ संसद् रहेकामा हरिनारायण रौनियार र रेशमलाल चौधरी निलम्बनमा छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया