शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

माधव नेपालको प्रारम्भिक प्रतिक्रिया, ‘मैले अनुचित काम गरेको छैन्'

रौतहट- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्टसमेत पारेका छन् । उनले यसलाइ प्रतिशोधपुर्ण कदम भनेका छन् ।

बिहीबार गृह जिल्ला रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोपसमेत लगाए। ‘मैले कुनै पनि अनुचित काम गरेको छैन र मैले अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्नँ,’ उनले भने, ‘न्यायभन्दा ठूलो कुरो केही हुँदैन, सत्यभन्दा ठूलो कुरो केही हुँदैन।’