लमही अस्पतालमा सर्पदंशको उपचार शुरु

तुल्सीपुर - दाङको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएपछि उपचारका लागि बिरामीलाई सहज भएको छ । राजपुर गाउँपालिका– ३ प्रतापपुरका प्रेम यादवलाई शुक्रबार सर्पले डस्यो । उहाँ उपचारका लागि लमही सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका हुन् । स्वास्थ्यमा सुधार आएको अस्पतालमा कार्यरत चिकित्सक छविलाल थापाले जानकारी दिए ।
लमहीमा अस्पतालमा सर्पदंशको उपचार शुरु भएको पहिलो दिनमै उपचार सेवा लिने यादव पहिलो व्यक्ति हुन् । दाङमा सर्पको उच्च जोखिमलाई मध्यनजर गरेर सो अस्पतालमा सर्पदंशको उपचार थालिएको हो ।
लमही नगरपालिकाले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको हो । मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मी सर्पदंश उपचारको काममा संलग्न हुन् । नगरपालिकाको लगानीमा रु दुई करोड ८० लाख बजेटमा उपचार केन्द्र भवन निर्माण गरिएको हो । रासस

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया