मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

पर्वत- पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ ।
राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार आर्क ब्रिज निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पुल विभागबाट स्वीकृत भएको छ । पुल निर्माण हुने स्थानमा रहेका विद्युत्का उपकरण हटाउने काम भइरहेको इञ्जिनियर मिश्रले जानकारी दिए । बैसठ्ठी मिटर लामो र ११ मिटर चौडा पुल निर्माणका निम्ति रु सात करोड ५० लाखमा ठेक्का सम्झौता भइसकेको छ ।

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_Xe7OBWbdHJ_oeiavwl2jejthh3oeiigzawyppqbvyzj73xsi961ioqkj5tbjb8kvxdyi8ro.jpg)
संस्कृति संरक्षण गर्न पञ्चेबाजा तालिम

प्रतिक्रिया