दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

तनहुँ- पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बुधबार दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कास्की जिल्ला माछापुच्छ्रे–४ बस्ने २४ वर्षीय सरोज पौडेललको मृत्यु भएको हो । गम्भीर घाइते पौडेलको उपचारका लागि दमौली अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
जिल्लाको थर्पुबजारबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बस र विपरीत दिशामा गुडिरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एउटै पालिकाका २४३८ घर बाढीपहिरोको जोखिममा

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

बेपत्ता तीन किशोरी परिवारको सम्पर्कमा

प्रतिक्रिया