अग्नी सापकोटाको मुद्दामा सर्वोच्चको एकपटक तीनवटा आदेश

सर्वोच्च अदालतले पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दा सम्बन्धी रिटहरूमा तीनवटा आदेश जारी गरेको छ । द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको इजलासले पुर्व सभामुख सापकोटाबिरूद्द उत्प्रेषण जारी गरेको छ ।
प्रहरीले अनुसन्धान गर्न लागेको मन्त्रिपरिषद्ले तामेलीमा राख्न निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो ।
यस्तै, अधिवक्ता सुशील प्याकुरेलसहित ८ जनाले सापकोटालाई मन्त्री बन्न रोक्न मागदाबी गर्दै २०७२ चैत २६ गते दायर गरेको रिट भने अहिले आएर सर्वोच्चले खारेज गरिदिएको छ । उता, अदालतको अवहेलना गरेको भन्दै सापकोटाले पत्रकार कनकमणि दीक्षित विरुद्ध दायर गरेको रिटमा मागदाबी नपुग्ने आदेश गरेको छ।

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा

प्रतिक्रिया