शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

राजावादीको समीक्षा बैठक भाँडियो

राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको समीक्षा बैठक भाँडिएको छ ।  बुधबार काठमाडौंको एक पार्टी प्यालेशमा बोलाइएको समिक्षा तथा आन्दोलनको नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठकमा युवाहरुले हो–हल्ला गरेपछि भाँडिएको हो ।

बैठकमा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत उपस्थित थिए । तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित रहेपछि बैठकमा सहभागी भएका केहिले आपत्ति जनाउदै नाराबाजी गरेका थिए । बैठककै बीच राप्रपा नेपालका अध्यक्ष थापाले मन्तव्य राख्न खोज्दा निरन्तर नारावाजी तथा होहल्ला भएपछि थापा मन्तव्य नराखि फर्किएका थिए।

त्यसपछि संयोजक सुवेदीले पहिलोे चरणको आन्दोलनबाट आफू उत्साहित भएको भन्दै छिटै दोश्रो चरणको आन्दोलन ल्याउने प्रतिवद्धता जनाए । सुवेदीले सभा बिसर्जन गरेपछि सोही स्थानमा नै युवाहरुले छुट्टै भेला गरेका थिए ।