कजारियाको नयाँ शोरूम भैंसेपाटी, ललितपुरमा उद्घाटन

भारतको अग्रणी टायल उत्पादक कम्पनी कजारियाले नेपालमा आफ्नो सशक्त उपस्थिति विस्तार गर्दै ललितपुरको भैंसेपाटीमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। क्लासिक मार्बल प्रा.लि.द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका प्रिमियम टायलहरूको सहज पहुँच सुनिश्चित गर्दै नेपाली उपभोक्ताको आधुनिक जीवनशैलीलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ।
सोमबार आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा ललितपुर महानगरपालिका–१८ का वडा अध्यक्ष दामोदर खड्काको सहभागिता रहेको थियो। त्यस्तै, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारीको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमा दिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष खड्काले भैंसेपाटी जस्तो तीव्र गतिमा विस्तार भैरहेको क्षेत्रमा कजारियाको प्रवेशले स्थानिय व्यापार, रोजगारी र निर्माण व्यवसायमा सकारात्मक प्रभाव पार्ने बताए। उनले कजारियाले प्रदान गर्ने गुणस्तरीय तथा विविध डिजाइनयुक्त टायलले स्थानीय ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने विश्वास व्यक्त गरे।
कजारियाले नेपालमा ४० भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी डिलर नेटवर्कमार्फत सेवा दिइरहेको छ। कम्पनीले ३०x३०, ३०x६०, ६०x६०, ६०x१२०, १९.५x१२० से.मी. जस्ता विभिन्न साइजमा आकर्षक वाल तथा फ्लोर टायल्स उपलब्ध गराउँदै आएको छ। कम्पनीको उत्पादन नेपालमै रहेको अत्याधुनिक प्लान्टमा तयार हुन्छ, जसले निर्माण गुणस्तर, डिजाइन र टिकाउपनमा नयाँ मापदण्ड स्थापनाको बाटो खोल्ने उद्देश्य राखेको छ।
कजारिया नेपालमा लक्जरी टायल्स सेग्मेन्टमा नवप्रवर्तन, पहुँच र उत्पादन क्षमतामा अग्रस्थानमा उभिन खोजिरहेको छ। भैंसेपाटीमा स्थापना भएको यो नयाँ शोरूम कम्पनीको दीर्घकालीन विस्तार रणनीतिमा महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट का…

प्रतिक्रिया