प्रधानमन्त्री ओलीले चित्रकार शर्माका कलाकृति अवलोकन गरे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको आज अवलोकन गरेका छन्। काठमाडौँ उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोरेका चित्रकलालाई प्रधानमन्त्री ओलीले आज बबरमहलस्थित नेपाल कला परिषद्मा अवलोकन गरेका हुन्।
अवलोकनपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले नेपाली कला, संस्कृति र इतिहासलाई चित्रमा उतार्नु सहज नभए पनि कलाकार शर्माले मेहनतपूर्वक चित्रकलामा आफूलाई सक्रिय बनाउनुभएकामा प्रशंसा गरे। नेपाल सम्पदा सङ्घको आयोजनामा उक्त प्रदर्शनी यही जेठ ९ गतेदेखि सञ्चालित छ।

माधव नेपालको प्रारम्भिक प्रतिक्रिया, ‘मैले अनुचित काम गरेको छैन्'

अध्यक्ष माथी भ्रष्टचारको मुद्दा लागे पछि नेकपा एसले भन्यो, ‘राजनीतिक प्रतिशोध स…

विपद् पूर्वतयारीलाई तीव्रता दिँदै : गृहमन्त्री लेखक

१८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको माधव नेपालको भ्रष्टाचार मुद्दा …

नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्छौँ : गृहमन्त्…

माधव नेपालको सांसद पद स्वत: निलम्बन

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रतिक्रिया