गणतन्त्रको नाममा लुटतन्त्रको अन्त्य गर्न आन्दोलन गरेका हौः अध्यक्ष लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले जनयुद्धको समय नरहेकाले भ्रममा नपर्न प्रचण्डलाई आग्रह गरेका छन् । राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले मंगलबार काठमाडौंको सिफलमा आयोजना गरेको प्रदर्शनमा लिङ्देनले हिजोकै जस्तो मान्छेलाई तर्साएर आफ्नो मुनी राख्न सकिन्छ की भन्ने भ्रमबाट मुक्त हुन प्रचण्डलाई आग्रह गरेका हुन् ।
आफुहरुको आन्दोलन प्रचण्ड वा कुनै दलको विरुद्ध नभइ देशमा गणतन्त्रमा नाममा भइरहेको लुटतन्त्र अन्त्य गर्नका लागि लडिरहेको उनले बताए । उनले आफुहरुको आन्दोलनबिरुद्ध आउने जोकोहिलाई जनताले प्रतिकार गर्ने उल्लेख गर्नुभयो । त्यस्तै अध्यक्ष लिङ्देनले निषेधाज्ञा बिस्तार गर्ने, प्रदर्शनलाई रोक लगाउने काम संविधान विपरित रहेकाले यस्ता निर्णय फिर्ता लिन माग समेत आग्रह गरे ।
राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी निषेधित क्षेत्र घोषणा गरिसकेको छ । अन्य क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका कारण राजावादीले मंगलबार सिफलचौरमा प्रदर्शन गरेका हुन् ।

अध्यक्ष माथी भ्रष्टचारको मुद्दा लागे पछि नेकपा एसले भन्यो, ‘राजनीतिक प्रतिशोध स…

विपद् पूर्वतयारीलाई तीव्रता दिँदै : गृहमन्त्री लेखक

१८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको माधव नेपालको भ्रष्टाचार मुद्दा …

नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्छौँ : गृहमन्त्…

माधव नेपालको सांसद पद स्वत: निलम्बन

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माओवादीले संसद् बैठकको अवरोध हटाउन अधिकतम प्रयास गर्ने (भिडियोसहित)

प्रतिक्रिया