संसदमा गृहमन्त्रीलाई बोल्न दिएनन्ः सांसद बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन विपक्षी दल असहमत भएकाले सदन अवरुद्ध भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले अहिले गृहमन्त्रीका बारेमा प्रश्न उठेपछि जवाफ दिन पाउने अधिकार हनन भएको समेत बताए । कोही व्यक्तिमाथि प्रश्न उठेपछि जवाफै दिन नपाउने गलत नजिर संसदमा बसाउन नहुने उनले बताए । बर्तौलाले दलहरुबीच आन्तरिक छलफल गरेर निकास निकाल्नका लागि समझदारी बमोजिम नै बुधबारसम्मका लागि संसद स्थगित गरिएको जानकारी दिए ।
उनले गृहमन्त्रीले जवाफ दिएपछि विपक्षीले भनेअनुसार छानविन समिति गठन, गृहमन्त्रीको राजीनामा लगाएतका विषयमा छलफल गर्न सकिने बताए ।

१८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको माधव नेपालको भ्रष्टाचार मुद्दा …

नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्छौँ : गृहमन्त्…

माधव नेपालको सांसद पद स्वत: निलम्बन

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माओवादीले संसद् बैठकको अवरोध हटाउन अधिकतम प्रयास गर्ने (भिडियोसहित)

प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकताः उप…

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपति पौडेलको आह्वान

प्रतिक्रिया