मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु

सर्लाही बरहथवा नगरपालिका १७ वडा कार्यालय नजिकै कटानीबाट कडरियाटोल तर्फ जादै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाईकल आज बिहान पौने ३ बजे अनियन्त्रित भई पुलको दाहिने साईडमा ३ मिटर तल खस्न जाँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाईकल चालक मलंगवा नगरपालिका ४ बस्ने कैलाश रायको छोरा बर्ष ३५ को घनश्याम राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले न्युज कारखाना लाई बताएका छन् ।दुर्घटनामा परी चालक रायको टाउको, निधार र दुबै आँखा माथि गहिरो चोट लागी बरहथवास्थित एक निजी अस्पतालमा उपचार भइरहेको थियो।
घाईतेको अवस्था गम्भीर भएपछि थप उपचारको लगी एलएस न्युरो अस्पताल बारामा लगेकोमा उपचारको क्रममा बिहान ६ बजे चालक रायलाई डक्टर द्वारा मृत घोषणा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको मोटरसाईकल ईलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको तथा घटना सम्बन्धी अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया