बिहीबार २२ जेठ, २०८२
Thursday, June 05, 2025

माओवादी मधेश प्रदेश संसदीय दलका नेता साहले दिए राजीनामा

काठमाडौँ- नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन् ।

पार्टीप्रति आघात  पुग्ने काम गरेको उजुरी पार्टीमा परेपछि अध्यक्ष प्रचण्डले राजीनामा दिन निर्देशन दिएका थिए । प्रचण्डको निर्देशनपछि साहले राजीनामा दिएको माओवादीका एक नेताले बताए ।