इनड्राइभले भन्योः चालक र यात्रुलाई भाडादर तोक्ने अधिकार दिएको छ

काठमाडौँ- देशव्यापी अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दको अवस्थालाई मध्यनजर गर्दै इनड्राइभले आफ्ना प्रयोगकर्ताहरुलाई यातायातको वैकल्पिक र भरपर्दो सेवा प्रदान गर्दै सहयोग गरिरहेको छ। सुलभ र सजिलो यातायात सुनिश्चित गर्ने हाम्रो प्रयासको मुख्य आधार हाम्रो बिडिङ (मोलमोलाई) मोडल हो । इनड्राइभले प्रयोगकर्ता र चालकलाई नै पारदर्शी संवादमार्फत उनीहरू आँफैलाई भाडादर तय गर्ने अधिकार दिन्छ। यात्रुहरुले आफूले जान चाहेको गन्तव्य राखेर प्रस्तावित भाडादर उल्लेख गर्छन्। सो प्रस्ताव नजिक रहेका चालकहरूलाई पठाइन्छ, त्यसपछि ती चालकहरूले सो प्रस्ताव स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा राइड अस्वीकार गर्न पनि सक्छन्।
इनड्राइभको ‘ फेयर प्राईस’ मोडलले नेपालको राइड-हेलिङ क्षेत्रमा भाडाको असमानतालाई चुनौती दिन्छ, जसले यात्रुहरूलाई पारदर्शिता र निष्पक्षताको सिद्धान्तमा आधारित सेवा उपलब्ध गराउँछ।
हालको यातायात बन्दको अवस्थामा पनि, हाम्रो प्लेटफर्ममा दशौं हजार चालकहरू छन्, जसले यात्रुहरूलाई सवारी सेवाको निरन्तरता सुनिश्चित गरिरहेका छन्। हामी चालकहरूबाट अत्यन्त न्यूनतम कमिशन लिने नीतिमा विश्वास गर्छौं र त्यसलाई व्यवहारमा पनि उतारिरहेका छौं। यही सन्दर्भमा, हामीले चार-पाङ्ग्रे सवारी साधन (कार) का चालकहरूलाई पिक-आवर (अत्यधिक व्यस्त समय) मा शून्य प्रतिशत कमिशन सुविधा उपलब्ध गराएका छौं। यसले चालकहरूको आम्दानी बढाउनेछ भने यात्रुहरूलाई सहज रूपमा राइड पाउन सजिलो बनाउनेछ। साथै, मोटरसाइकल चालकहरूका लागि पनि हामीले विभिन्न बोनस योजना सञ्चालन गरिरहेका छौं, जसको जानकारी उनीहरूलाई एपमार्फत निरन्तर रुपमा दिइरहेका छौं।
यात्रुहरूका लागि प्रत्यक्ष छुटको रूपमा यी सुविधा लागू नहुन सक्छन्, तैपनि यसले उनीहरूलाई अप्ठ्यारो परिस्थितिमा भरपर्दो र सजिलो सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता प्रमाणित गर्दछ। इनड्राइभ को मुख्य लक्ष्य हो – सबैका लागि सुलभ, पारदर्शी यात्राको सुनिश्चितता।

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलता: ४० भन्दा बढी देशमा १२,००० भन्दा बढी युनिट…

यामाहा नेपालले ल्यायो MT-15 भर्सन 2 किन्ने देशभरका ग्राहकका लागि विशेष राइडि…

क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सँगै अघि बढ्ने …

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्यो “इज अन वालेट”

एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्यो सबैभन्दा उच्च स्थानमा रहे…

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

प्रतिक्रिया