तीन दलको निष्कर्ष: राजावादीका नाममा भएको गतिविधि राजनीतिक रुपमा संयमतापूर्वक सामना गर्ने

काठमाडौँ- सदनको गतिरोध अन्त्य गर्ने सत्तारुढ दलको प्रस्तावलाई प्रतिपक्षी दल माओवादी केन्द्रले अस्वीकार गरेको छ ।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री लगाएत सत्तापक्षीय नेताहरुले गतिरोध अन्त्य गर्दै सहज रुपमा सदन चल्ने वातावरण बनाउन माओवादी नेताहरुसमक्ष आग्रह गरेका थिए ।
सो क्रममा माओवादी नेताहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा आउनुपर्ने आफूहरुको अडान कायम रहेको जवाफ दिएका थिए ।
छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद् खोलेर अघि बढ्नुपर्ने प्रस्ताव सत्तापक्ष नेताहरुबाट आएको बताए । समग्र संसदको गतिरोधका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको उनले बताए ।। भिजिट भिसा प्रकरणमा गडबड भइरहेकाले अनुसन्धान गर्नका गृहमन्त्रीले मार्गप्रसस्त गर्नुपर्नेमा आफूहरुले जोड दिएको उनले बताए । उनलेप्रतिगामीको गतिविधिका बारेमा पनि छलफल भएको उल्लेख गर्नुभयो ।
त्यस्तै प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले मुलुकको संविधानलाई चुनौती दिने गरि राजावादीका नाममा भएको गतिविधि राजनीतिक रुपमा संयमतापूर्वक सामना गर्दै अघि बढ्ने बिषयमा स्पष्ट दृष्टिकोण रहेको बताए । उनले संसदको गतिरोध अन्त्य गर्न सकारात्मक छलफल भएको र मंगलबार सदन सहज रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।
((

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : उर्जामन्त्री खड्का

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

मधेस प्रदेशसभा बैठक स्थगन

शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छः उर्जामन्त्री खड्का

सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन हामी सबैको साझा प्रयास आवश्यकः मन्त्…

उद्यमशीलता र रोजगारी सृजना सरकारको उच्च प्राथमिकताः प्रधानमन्त्री ओली

जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री लेखक

प्रतिक्रिया