वामपन्थी एकतासहित समाजवाद कार्यान्वयनमा जोड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना कम्युनिष्ट नेता एवं नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहसँग भेटवार्ता गरेका छन् । वनस्थलीस्थित सिंहको निवासमा आज भएको वार्तामा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको हो ।
भेटघाटका क्रममा उनीहरूबीच यथास्थितिवाद, पुनःरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका अवसरवादी चरित्रले कम्युनिष्टमा आएको विचलनलाई न्यूनीकरण गर्ने, कम्युनिष्ट सिद्धान्त तथा सोही आदर्शलाई जीवन पद्धति बनाएका निष्ठावान् नेताहरुलाई एकताबद्ध गरी वामपन्थी आन्दोलनलाई ध्रुवीकरण गर्ने, भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गरी देश विकास गर्नुपर्नेलगायत विषयमा छलफल गरिएको पूर्वप्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
सम्मानित नेता खनालले समाजमा विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समस्या समाधान गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो औंल्याए । महामन्त्री सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको लामो समयसम्म जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेकाले समाजवादको कार्यान्वयन महत्त्वपूर्ण हुने बताए ।
---

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : उर्जामन्त्री खड्का

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

मधेस प्रदेशसभा बैठक स्थगन

शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छः उर्जामन्त्री खड्का

सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन हामी सबैको साझा प्रयास आवश्यकः मन्त्…

उद्यमशीलता र रोजगारी सृजना सरकारको उच्च प्राथमिकताः प्रधानमन्त्री ओली

जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री लेखक

प्रतिक्रिया