बिहीबार २२ जेठ, २०८२
Thursday, June 05, 2025

गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको माग कायमै

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग यथावत रहेको बताएको छ। सिंहदरबारमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यस्तो जानकारी दिएका हुन्।

बैठकमा संसदको गतिरोध अन्त्य गर्ने र प्रतिगामीहरुको गतिविधिका विषयमा छलफल भएको उनले जानकारी दिए । 

पाण्डेका अनुसार बैठकमा सत्तरुढ दलका नेताहरुले गृहमन्त्रीले राजीनामा नदिई संसद सुचारु गर्नुपर्ने धारणा राखेका थिए। आफूहरुको माग यथावत रहेको बताउँदै पाण्डेले भने, ‘हामीले जो विषयवस्तु राखेका छौँ, त्यो यथावत छ। त्यसैले सुशासनलाई केन्द्रीत गरेर अघि बढ्नुपर्छ भन्ने विषयवस्तु हाम्रो तर्फबाट राख्यौँ।’