विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राख्छु : नवनियुक्त अध्यक्ष हुमागाईं

विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले घट्दो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने, विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
दोस्रो कार्यकालको पदबहालीपछि आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जति सक्दो छिटो राष्ट्रिय विज्ञापन नीति जारी गर्ने र विज्ञापन नियमन ऐन संशोधन गरिने स्पष्ट पारे ।
अध्यक्ष हुमागाईंले भने, 'अहिले मुख्य चुनौती भनेको सबैको सहयोग जुटाउँदै विज्ञापन दातालाई विश्वासमा ल्याएर आम सञ्चारमाध्यमको भर थेगमा सहयोग गर्न सकियोस् भन्ने हो, सामाजिक सञ्जालमा भइरहेको विज्ञापनको प्रवाह विस्तारै मूलधारका सञ्चारमाध्यममा ल्याउने काम गर्नु पर्नेछ ।'
नयाँ नीति जारी गरी ऐन संशोधनपछि मात्रै आमसञ्चार, बाह्य (होर्डिङ बोर्ड), सामाजिक सञ्जाल र ‘इभेन्ट’मा हुने विज्ञापनलाई नियमनको दायराभित्र ल्याउन सकिने उनको भनाइ छ ।
राष्ट्रिय विज्ञापन नीति दुई वर्ष अघि मन्त्रालयमा सिफारिश गरिएको जानकारी दिँदै उनले त्यसलाई निष्कर्षमा पुर्याउन नसक्दा अहिले विज्ञापन नियमन ऐन संशोधन गर्न नसकिएको बताए ।
यसअघि चार वर्षे एक कार्यकाल विज्ञापन बोर्डमा बिताएका उनले पहिलो कार्यकालमा नीति नियम र विज्ञापनसम्बन्धी मापदण्ड बनाउने कार्यमा खर्चिनुपरेको बताए ।
त्यस अवधिमा आचारसंहिता र विज्ञापन नियमावली संशोधन गरी विज्ञापन बजारलाई पारदर्शी बनाउने कार्य गरिएको उनको भनाइ छ ।

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : उर्जामन्त्री खड्का

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

मधेस प्रदेशसभा बैठक स्थगन

शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छः उर्जामन्त्री खड्का

सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन हामी सबैको साझा प्रयास आवश्यकः मन्त्…

उद्यमशीलता र रोजगारी सृजना सरकारको उच्च प्राथमिकताः प्रधानमन्त्री ओली

जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री लेखक

प्रतिक्रिया