महाकालीको माछा बेचेर जीविका चलाउँदै

कञ्चनपुर- भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछिन् । महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन् ।
माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन् । उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्छिन । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन् ।
“ताजा माछाको माग बढी हुन्छ,” राईले भनिन्, “ग्राहकलाई पुर्याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो रु २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्छिन् । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन् । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ ।
माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राईले बताए । उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेकी छन् । माछा मार्न उनी समूह बनाएर जाने गर्छिन् ।
महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दै आएकी पार्वती चौधरी बताउँछिन् । घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको उनले बताइन् । “विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमैदिन बित्छ”, चौधरीले भनिन । महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन ।

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
महाकाली सिँचाइ तेस्रो चरण तीन वर्षभित्र सक्ने लक्ष्य

भालुको आक्रमणबाट दार्जुलामा दुई जना घाइते

गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै

प्रतिक्रिया