बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

अनिश्चितकालीन यातायात बन्द : चलेका छैनन् सार्वजनिक यातायात

काठमाडौँ- यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सोमबार बिहानदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी ठप्प छन् ।

सोमबारदेखि ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बसेका छन् ।