नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

अबुजा- नाइजेरियाको उत्तर क्षेत्रमा भएको एक भीषण सवारी दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परेका यात्रुहरू हालै सम्पन्न भएको ( नाइजेरिया राष्ट्रिय खेल महोत्सव) बाट फर्किरहेका खेलाडीहरू थिए ।
सङ्घीय सडक सुरक्षाका प्रवक्ता ओलुसेगुन ओगुङबेमाइडले शनिबार अबेर वक्तव्य जारी गर्दै जानकारी दिएका अनुसार, कानो राज्यको टोली बोकेको बस शनिबार दिउँसो कडुना–कानो एक्सप्रेसवेमा दुर्घटनामा परेको हो ।
तीव्र गतिमा यात्रा गरिरहेको बस अनियन्त्रित भई सडकबाट बाहिर गई झाडीमा ठोक्किएको थियो । ट्राफिक प्रहरीले (थकान र अत्यधिक गति) लाई दुर्घटनाको कारण बताएका छन् ।
सडक सुरक्षाले चालकहरूलाई थकान र गति नियन्त्रण गर्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । साथै, ट्राफिक नियमको पालना र सतर्कता आवश्यक रहेकोमा जोड दिइएको छ ।
नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले यो दुर्घटना राष्ट्रका लागि एक विनाशकारी क्षण भएको बताए ।
नाइजेरियामा प्रायः सवारी दुर्घटनाहरू देखिन्छन्, जसको प्रमुख कारणमा ओभरलोडिङ्ग, खराब सडक अवस्था र लापरवाहीपूर्ण ड्राइभिङ रहेका छन् । (सिन्ह्वा)

रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा आवश्यक कदम चाल्न युक्रेन तयार
डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने
विद्युतीय युगमा छिर्दै नर्वे : पाँच महिनामा ९२ प्रतिशत गाडी विद्युतीय

इरानको युरेनियम प्रशोधनमा वृद्धि, संयुक्त राष्ट्रसंघको चासो
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_W4Mk7GUfiM_wzouxyvtolz7pkifpizlfhwoydbyxrtcunctzbkfyjfa38yo7kt7zditvmgu.jpg)
भारी वर्षापछि भारतमा बाढी पहिरोले तीन सैनिकको मृत्यु, ६ जना बेपत्ता

इरानमा इन्धन तस्करीको ठूलो गिरोह नियन्त्रणमा

अत्यधिक तापक्रमका कारण खाडीमा विदेशी कामदार जोखिममा

प्रतिक्रिया