नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

काठमाडौँ- नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली क्रिकेट टोली विश्वकप लिग टुको चौथो राउण्डको पहिलो खेलमा सोमबार दिउँसो ३:४५ बजेदेखि स्कटल्याण्डविरुद्ध मैदान उत्रन लागेको हो ।
जसअनुसार नेपाली टोली ७ महिनापछि ओडिआई क्रिकेटमा फर्कन लागेको हो । नेपालले २ सय १० दिन अगाडि अमेरिकामा स्कटल्याण्डसँग नै पछिल्लो ओडिआई खेलेको थियो ।
नेपाल र स्कटल्याण्डबीचको त्यो खेल वर्षाका कारण रद्द भएको थियो । सोमवार नेपाली टोलीको ७४औं ओडिआई खेल हो ।
नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ खेल भएका छन। जसमा नेपाल बलियो अवस्थामा छ । नेपालले ४ खेलमा जित हासिल गर्दा ३ मा स्कटल्याण्ड विजयी भएको छ । नेपाल र स्कटल्याण्डबीचको १ खेल भने रद्द भएको थियो ।
स्कटल्याण्डपछि नेपाल बुधबार नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया