पाकिस्तान र इरानबाट पाँच लाख अफगान शरणार्थी स्वदेश फर्किए

काबुल- पाकिस्तान र इरानबाट पछिल्ला दुई महिनामा करिब पाँच लाख अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त कार्यालय (यूएनएचसीआर) ले जनाएको छ ।
एप्रिल र मे महिनामा यति ठूलो सङ्ख्यामा नागरिक स्वदेश फर्किएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै यूएनएचसीआर ले भन्यो,“फर्किएकाहरू अनिश्चित भविष्य र कठिन परिस्थितिसँग जुझिरहेका छन्, त्यसैले उनीहरूलाई सहयोग आजको दिनमा अझ बढी आवश्यक छ ।”
पछिल्लो एक वर्षमा मात्रै पाकिस्तान र इरानबाट २० लाखभन्दा बढी अफगान नागरिक स्वदेश फर्किएको तथ्याङ्कमा देखिन्छ ।
पाकिस्तान सरकारले सन् २०२५ भित्र आफ्नो देशमा रहेका ३० लाख अफगान नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने योजना अघि सारेको छ । त्यस्तै, इरानी अधिकारीहरूले कानुनी कागजातविना बसोबास गरिरहेका विदेशीहरूलाई स्वदेश फर्कन आग्रह गरेका छन् ।
यसैबीच, अफगानिस्तानको अन्तरिम सरकारले पनि पटक–पटक विदेशमा शरणार्थीको रूपमा बसिरहेका अफगानहरूलाई स्वदेश फर्कन र युद्धपीडित देशको पुनर्निर्माणमा सहभागी हुन आह्वान गर्दै आएको छ । (सिन्ह्वा)

टेक्सासमा बाढी : मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, उद्धार कार्य जारी

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

प्रतिक्रिया